२०७५ वैशाख १७ गते १५:४४ विकासन्युज
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा सबैभन्दा कम खराब कर्जा (एनपीएल) नेपाल एसबीआई बैंकको रहेको छ । सबैभन्दा बढी खराब कर्जा नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको छ ।
गत चैतसम्म एसबीआईको खराब कर्जा ०.१३ प्रतिशत मात्र छ । साउनयता एसबीआईको खराब कर्जा ०.१३ प्रतिशतमा स्थिर रहेको छ । एनसीसी बैंकले खराब कर्जा ४ प्रतिशतबाट घटाएर ३.९७ प्रतिशतमा झारे पनि सबैभन्दा बढी भएको कम्पनीद्धारा सार्वजनिक वित्तीय विवरणले देखाएको छ ।
गत पुसमा सानिमा बैंकको एनपीएल ०.०३ प्रतिशत रहेकोमा ९ महिनामा आएर बढी ०.१७ प्रतिशत पुगेको छ । सिभिल बैंकको ४.६९ प्रतिशतबाट घटेर ३.७४ प्रतिशतमा सीमिति भएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको खराब कर्जा बढेर ०.२१ प्रतिशत पुगेको छ । पुसमा बैंकको ०.१७ प्रतिशत थियो ।
यस्तै, एभरेष्ट बैंकको खराब कर्जा घटेर ०.२३ प्रतिशतमा झरेको छ । गत पुसमा ०.२५ प्रतिशत थियो । एनआईसी एसिया बैंकले खराब कर्जा घटाएर ०.२२ प्रतिशतमा सीमिति गरेको छ । गत पुसमा बैंकको ०.२६ थियो ।
माछापुच्छ्रे बैंकको खराब कर्जा सामान्य वृद्धि भई ०.३५ प्रतिशत पुगेको छ । गत पुसमा ०.३३ प्रतिशत थियो । यस्तै सेन्चुरी कमर्शियल बैंकको पनि घटेर ०.७६ प्रतिशतमा सीमित भएको छ । गत पुसमा ०.९९ प्रतिशत थियो । १ प्रतिशत भन्दा तल खराब कर्जा हुनेमा मेगा बैंक रहेको छ । मेगाको खराब कर्जा ९८ प्रतिशत छ । यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको ०.७६ प्रतिशत छ ।
यस्तै, प्रभु बैंकको खराब कर्जा घटेर ३.९० प्रतिशतमा झरेको छ । गत पुसमा प्रभुको खराब कर्जा ४.१२ प्रतिशत थियो । कृषि विकास बैंकको घटेर ३.४९ प्रतिशत भएको छ । गत पुसमा ३.९५ प्रतिशत थियो । नेपाल बैंकको खराब कर्जा घटेर २.९१ प्रतिशतमा झरेको छ । गत पुसमा ३.२३ प्रतिशत थियो । यस्तै राष्ट्रिय वाणिज्य बैंकको २.९० प्रतिशत छ ।
कुन बैंकको कति ? (प्रतिशतमा)
बैंक ९ महिना ६ महिना
एनसीसी बैंक ३.९७ ४.०४
प्रभु बैंक ३.९० ४.१२
सिभिल बैंक ३.७४ ४.५२
कृषि विकास बैंकको ३.४९ ३.९५
नेपाल बैंक २.९१ ३.२३
राष्ट्रिय वाणिज्य बैंक २.९० २.११
जनता बैंक १.९५ २.६५
बैंक अफ काठमाण्डु १.३२ १.८६
सनराईज बैंक १.४५ १.६५
ग्लोबल आईएमई बैंक १.२९ १.६१
कुमारी बैंक १.२४ १.६१
सिद्धार्थ बैंक १.३१ १.५०
प्राइम कमर्शियल बैंक १.०६ १.४३
नेपाल बंगलादेश बैंक १.७७ १.४७
सिटिजन्स बैंक १.४६ १.२५
हिमालयन बैंक १.१९ १.३२
लक्ष्मी बैंक १.१६ १.२९
एनएमबी बैंक १.१५ १.२०
नविल बैंक १ १.१३
नेपाल इन्भेष्टमेन्ट बैंक ०.७६ १.१२
सेन्चुरी कमर्शियल बैंक ०.७६ ०.९९
मेगा बैंक ०.९८ ०.९६
माछापुच्छ्रे बैंक ०.३५ ०.३३
एनआईसी एसिया ०.२२ ०.२६
एभरेष्ट बैंक ०.२३ ०.२५
स्ट्याण्डर्ड चार्टर्ड बैंक ०.२१ ०.१७
सानिमा बैंक ०.१७ ०.०३
नेपाल एसबीआई बैंक ०.१३ ०.१३
Copyright © 2024 Bikash Media Pvt. Ltd.