१८ कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी, क-कसले कति कमाए ?

  २०७५ वैशाख ४ गते १७:३५     विकासन्युज

काठमाडौं । मंगलबारको सेयर बजारमा विभिन्न १८ वटा कम्पनीका लगानीकर्ताले ९ प्रतिशत भन्दा बढी कमाएका छन् ।

सो मध्ये महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयरको मूल्य प्रतिकित्ता १० प्रतिशतले बढेको छ । यी तीन वटै कम्पनीका सेयरधनीले एकैदिन १० प्रतिशत बढी कमाएका छन् । महिला सहयात्रा माइक्रोफाइनान्सको सेयर मूल्य प्रतिकित्ता ७७०, प्रुडेन्सियल इन्स्योरेन्सको ८४७ र र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयरको मूल्य १० हजार २९७ रुपैयाँ रहेको छ ।

त्यस्तै, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, नयाँ नेपाल लघुवित्त विकास बैंक र नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले क्रमशः ९.९७, ९.९७ र ९.९६ प्रतिशत कमाएका छन् । त्यसैगरी, डिप्रोक्स डेभलपमेन्ट बैंकको ९.९४, आरएसडीसी लघुवित्त वित्तीय संस्था र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ९.९३ र यूनाईटेड इन्स्योरेन्स कम्पनी(नेपाल)को ९.९१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

एसियन लाइफ इन्स्योरेन्स कम्पनीको ९.८८, फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ९.८५, सुमीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ९.८३ र नेरुडे लघुवित्त विकास बैंकको ९.५६ प्रतिशतले सेयर मूल्य बढेको छ । त्यस्तै, लघुवित्त लगानी तथा विकास बैंक, रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर, वोमी माइक्रोफाइनान्स वित्तीय संस्था र किसान माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले अघिल्लो दिनको तुलनामा क्रमशः ९.४६, ९.३५, ९.१७ र ९.०८ प्रतिशत कमाएका छन् ।

कुल १६६ कम्पनीको कारोबार भएको थियो । सो मध्ये १३ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने बाँकी कम्पनीको मूल्यमा वृद्धि भएको छ । सबैभन्दा बढी सहयोगी विकास बैंकको सेयर मूल्य ४.५९ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.