२०७५ वैशाख ३ गते ९:५२ विकासन्युज
काठमाडौं । पूर्वाञ्चल स्तरीय आरोहण सप्तमी खुल्ला ब्याटमिन्टन कप–२०७५ मिक्लाजुङ गाँउपालिका–४, रविले हात पारेको छ । आरोहण क्लब मिक्लाजुङ गाँउपालिका १, सप्तमी बजारको आयोजनामा चैत २९ देखि शुरु भएको उक्त आरोहण सप्तमी कप ओपन ब्याटमिन्टन टुर्नामेन्ट मेन्स डबल्सको जित रविको टिममा रहेको जोसन श्रेष्ठ र प्रकाश राईले हात पारेका हुन् ।
आइतबार भएको फाइनल खेलमा फिदिमलाई कडा प्रतिस्पर्धाको माझ पछि पार्दै रविले विजय हात पारेको हो । विजयी टिमले पहिलो पुरस्कार नगद रू २२ हजार २२२ सहित ट्रफी तथा प्रमाणपत्रहरु प्राप्त गरेका छन् ।
त्यस्तै दोस्रो फिदिम र तेस्रो पुरस्कार इलाम जिल्लाले हात परेको क्लबले जनाएको छ । ती बिजयी टोलीहरुले समेत नगद, ट्रफी लगायत पुरस्कारहरु वितरण गरिएको छ ।
पुरस्कार वितरण कार्यक्रममा संवोधन गर्दै मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले हालसम्म फुटबललाई मात्रै प्रथमिकता दिदै आएको भएता पनि अरु खेलहरुको समेत राम्रो सम्भावना रहेको बताए । ‘आगामी दिनमा गाँउपालिकाले खेलकुदको विकास गर्न ब्याटमिन्टन लगायका अन्य खेलहरुलाई पनि प्राथमिकतमा राखेर अघि बढ्ने छु,’ उनले भने ।
त्यस्तै क्लबका खेल संयोजक जंगबहादुर थापा मगरले समग्र गाँउपालिकाको खेल क्षेत्र विकास गर्न क्लबले आगामी दशै तिहारको अबसर परेर प्रदेश स्तरिय ब्याटमिन्टन टुर्नामेन्ट गर्ने बताए । ‘त्यसको लागि अन्य विधा थप्दै प्रथम हुनेलाई नगद १ लाख रुपैयाँको राशी प्रदान गर्ने तयारी भइरहेको छ,’ उनले भने ‘सम्भवत यो नगद व्याटमिन्टन प्रतियोगिताको लागि ठूलोमध्येको एक हुनेछ ।’
क्लबको अनुसार सम्पन्न भएको खेलमा झापा, तेह्रथुम लगायत पुर्वाञ्चल क्षेत्रका २६ वटा टिम सहभागी थिए । खेल पाँचथर जिल्लाकै पहिलो निजी लगानीमा निर्माण भएको कब्बडहलमा भएको संयोजक मगरले जानकारी दिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.