२०७४ फागुन ८ गते २२:०८ विकासन्युज
काठमाडौं । महालक्ष्मी विकास बैंकले रुपन्देही जिल्ला, मायादेवी गाँउपालिका वडा नम्बर ६, बेथरीस्थित एक्शटेनसन काउनटरालाई बुधबारदेखि शाखामा स्तरोन्नति गर्ने भएकोे छ । साथै सोही दिनदेखि कारोबार समेत सञ्चालनमा ल्याइने बताइएको छ ।
विकास बैंकहरुमा सबैभन्दा बढी चुक्ता पुँजी महालक्ष्मी विकास बैंकको रहको दावी गर्दै बैंकले पुस मसान्तसम्ममा २५ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरेको जनाएको छ । जसका २० अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सुदूरपश्चिमका दुर्गम जिल्लाहरुमा समेत उक्त बैंकले बैैंकिङ पहुँच पुर्याइरहेको जानकारी दिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.