प्राइमले कमायो डेढ अर्ब, ३३ प्रतिशतले नाफा बढाउन सफल

  २०७४ साउन २० गते ८:३७     विकासन्युज

काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षमा करिब ३२ दशमलव ९० प्रतिशतले नाफा बढाएको छ । यो बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४८ करोड २८ लाख रुपैयाँ नाफा कमाएको छ ।

बैैंकले गत आवको तुलनामा ३६ करोड ७० लाख रुपैयाँले नाफा बढाएको छ । यो नाफा अघिल्लो आवमा १ अर्ब ११ करोड ५७ लाख रुपैयाँ रहेको थियो । गत असार मसान्तसम्ममा यो बैंकको चुक्ता पुँजी ७ अर्ब ८० करोड रुपैयाँ रहेको छ । यसकोे संचित कोषमा ३ अर्ब १२ करोड रुपैयाँ छ ।

बैंकले गत आवमा ६५ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५७ अर्ब ७१ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यस बैैंकको हालसम्म लगानी ६ अर्ब १४ करोड गरेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात शून्य दशमलव ७८ प्रतिशत रहेको छ । यसको सीसीडी रेसियो ७६ दशमल ८० प्रतिशत छ । यो बैंकको प्रति सेयर आम्दानी २३ रुपैयाँ ४४ पैसा छ । बैंकको प्रतिसेयर नेटवर्थ १४९ दशमलव ४२ प्रतिशत रहेको पनि उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.