२०७४ जेठ १५ गते १७:२६ विकासन्युज
काठमाडौं । सरकारले स्थानिय तहलाई न्युनतम १० करोडदेखि एक अर्ब २३ करोड रुपैंयाँसम्म उपलब्ध गराएको छ । अर्थमन्त्री कृष्ण बहादुर महराले व्यवस्थापिका संसदमा पेश गरेको बजेटमा गाउँपालिकाले न्युनतम १० देखि ३९ करोडसम्म बजेट पाउनेछन् ।
त्यस्तै, नगरपालिकाले १५ देखि ४३ करोड पाउनेछन भने उपमहानगरपालिकाले न्युनतम ४० देखि अधिकतम ६३ करोड रुपैंयाँसम्म पाउनेछन् । महानगरपालिकाले भने ५६ करोडदेखि १ अर्व २३ करोडसम्म अनुदान पाउने बजेटमा उल्लेख छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.