२०७४ वैशाख ८ गते ९:५३ विकासन्युज
चालु आर्थिक बर्षमा नेपालको आर्थिक बृद्धि दर ६.५ हुने प्रक्षेपणको बिश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा प्रशंसा गरिएको छ ।
बिहीवार संयुक्त राज्य अमेरीकाको बासिंगटन डिसीमा भएको बैठकमा कोषका कार्यकारी निर्देशक एन्डिन ह्यादियान्तोले नेपालको नामै लिएर आर्थिक बृद्धिदर उच्च भएको भन्दै नेपालका अर्थमन्त्री र बैठकमा सहभागी नेपाली टोलीलाई बधाई दिएका थिए ।
बैठकमा नेपालको आर्थिक विकासलाई अझ तिब्र पार्न सहयोग गर्न आइडीए १८ अन्र्तगतको सहयोग दोब्बर गरिने निर्देशक एन्डिन जानकारी दिए । बिश्व बैंकले अन्तर्राष्ट्रिय विकास संस्था (आइडीए) कार्यक्रम अन्र्तगत बिकासोन्मुख देशहरुलाई सहयोग गर्दै आएको छ ।
थप सहयोगले सन् २०१८ मा नेपालकोे आर्थिक बृद्धिदर उच्च पार्न सहयोग पुग्ने बैठकमा सहभागी अर्थ मन्त्रालय अन्तर्राष्टिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख बैकुण्ठ अर्यालले बताए ।
सहभागी मलेसियाका अर्थमन्त्री जोहरी अब्दुल घारी र इण्डोनेसियाका अर्थमन्त्री मुल्यानी इन्द्रावतीले नेपाल राष्ट बैंकका गर्भनर चिरञ्जीवी नेपाललाई नेपालको आर्थिक बृद्धिदर उच्च हुने अवस्थामा रहकोले नेपालका अर्थमन्त्री कृष्णवहादुर महरालाई बधाई सुनाइदिन आग्रह गरेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.