२०८१ वैशाख २२ गते १०:०८ विकासन्युज
काठमाडौं । टिभिएसले ‘टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’ नामक नयाँ वर्षको योजनाको विजेता घोषणा गरी पुरस्कार वितरण गरेको छ ।
नयाँ वर्षको स्किमअन्तर्गत ग्राहकलाई टिभिएसका बाइक तथा स्कुटरको खरिदमा लाइफटाइम वारेन्टीको सुविधाका साथ साथै हरेक हप्ता १०० प्रतिशत क्यास ब्याक, स्योर सट क्यास डिस्काउन्ट, एक्सचेन्ज गर्दा बजार मूल्य भन्दा थप मुल्यांकन, र बजारकै सबै भन्दा कम आईएमआई तथा सजिलो फाइन्यान्स सुविधा जस्ता आकर्षक अफरहरू उपलब्ध गराएको थियो ।
योजना अन्तर्गत अंकुश साहले एनटर्क ड्रमको खरिदमा ५० हजार रुपैयाँ पुरस्कार जितेका छन् । त्यसैगरी सपना सापकोटाले एनटर्क रेस ऐडिशन र गोदावरी ठगुन्नाले एनटर्क आरटीएफआईको खरिदमा १०० प्रतिशत क्यासब्याक प्राप्त गरेका छन् भने राम बहादुर राणाले रेडरको खरिदमा ५० हजार रुपैयाँ पुरस्कार जितेका छन् ।
जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुई पांङ्ग्रे सवारीसाधनको एकमात्र आधिकारिक वितरक हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.