२०८१ जेठ २७ गते ११:१६ विकासन्युज
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आइतबार तोलामा चार हजार रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला एक लाख ४१ हजार रुपैयाँ निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा एक लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुन तोलामा एक लाख ४० हजार तीन सय रुपैयाँ निर्धारण गरिएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले घटेको छ । शुक्रबार तोलामा एक हजार नौ सय रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय २५ रुपैयाँ निर्धारण भएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.