तोसिबाको नयाँ एलइडी टिभी सार्वजनिक, मूल्य २४ हजारदेखि एक लाख १० हजार रुपैयाँ

  २०७३ पुष १० गते १३:२१     विकासन्युज

toshiba_press_meetकाठमाडौं, १० पुस । चौधरी समूहको ईओएल प्रालीद्धारा तोसिबाको एलईडी टिभी र रेफ्रिजेरेटर नेपाली बजारमा सार्वजनिक भएको छ । तोसिबाको एल ५६ सिरिज, एल ३६ सिरिज र एल २६ सिरिज गरि तीन नयाँ एलईडी टिभी बजारमा सार्वजनिक भएको हो ।

कम्पनीका अनुसार एल ५६ सिरिजको टिभीमा इन्टर्नल मेमोरी प्रयोग बिनै सबै एप्सहरु कोल्ड सर्भरमा स्टोर हुनेछन् । त्यस्तै, एल ३६ र एल २६ सिरिजमा फाईभ स्टार सुरक्षा, २० वाट साउण्ड आउटपुट रहेको छ । साथै, मोबाईललाई टिभीमा कनेक्ट गरेर मोबाईलको फङ्सनहरु टिभीमा चलाउन सकिने कम्पनीले जनाएको छ ।

toshiba1_smart_tv

कम्पनीका अनुसार यी टिभीहरु वातावरण सुहाउँदो रहेको छ । साथै, यी तीनै एलईडी टिभी तोसिबाको फाईभस्टार सुरक्षा, उच्च गुणस्तरको पिक्चर र साउण्ड प्रविधि रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार बजारमा टिभी २४ ईन्च देखि ५५ ईन्च सम्मका रहेका छन् । नेपाली बजारमा उक्त टिभीको मूल्य २४ हजार रुपैयाँ देखि एक लाख १० हजार रुपैयाँ सम्म पर्ने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले एलइडी टिभीका साथै वाशिङमेसिन र रेफ्रिजेरेटर पनि बजारमा भित्र्याएको छ । कम्पनीका अनुसार तोसिबाको घरायसी सामानले थोरै बिजुलीको खपत गर्दछ । साथै, तोसिबाका सबै सामानमा एक वर्षको वारेन्टी समेत रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.