२०८० माघ १० गते १३:५० विकासन्युज
काठमाडौं । नेपाल टेलिकमको अध्यक्षमा मनिष जंग जोशी नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष जोशीले माघ ५ गते गोपनीयता र इमान्दारीताको शपथ लिएका छन् ।
सञ्चालक समितिको सदस्य जोशी गत पुस २९ गते सम्पन्न १६औं वार्षिक साधारण सभाबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका थिए ।
यसअघि टेलिकमको अध्यक्ष अम्बिका प्रसाद पौडेल थिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.