२०८० साउन ९ गते १९:३५ विकासन्युज
काठमाडौं । ज्योति विकास बैंकले स्थापनाको १५ औं वार्षिकोत्सव विशेष कार्यक्रम आयोजना गरेर मनाएको छ ।
कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा मंगलबार वार्षिकोत्सव विशेष कार्यक्रम आयोजना गरिएको थियो ।
बैंकले वार्षिकोत्सवको अवसर पारेर नख्खुमा नयाँ शाखा पनि सञ्चालनमा ल्याएको छ ।
अब उपत्यका र उपत्यकाबाहिर गरी ज्योति विकास बैंकको १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम सहितको सञ्जाल विस्तार भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
वार्षिकोत्सवको अवसरमा बैंकमा १० वर्ष तथा १५ वर्षदेखि अनवरत कार्यरत रहेका कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।
बैंकले १५ औं वार्षिकोत्सवको अवसरमा १५ रुपैंयाँमा ‘सुपर स्मार्ट सेभिङ अकाउन्ट’ पनि सार्वजनिक गरेको छ ।
त्यसैगरी, साउन १४ सम्म ज्योति विकास बैंकको खाता इ–सेवामा लिङ्क गर्ने ग्राहकलाई १५० रुपैयाँ र खल्ती एपसंग पहिलो पटक ज्योति विकास बैंकको खाता लिंक गर्ने ग्राहकलाई १०० बोनस दिने बैंकले बताएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.