मंगलबार २४ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

  २०७३ मंसिर ७ गते १९:४८     विकासन्युज

काठमाडौ, ७ मंसिर । मंगलबार सेयर बजार परिसुचक (नेप्से) २३.८२ अंकले ओरालो लागेको छ । उतारचढावका विच सोमबार बजार बन्द हुदा नेप्से झिनो अंकले सुधार भएको थियो । बजार गत हप्ताको सुरुदेखि नै घट्न थालेको थियो ।  nepse-11

मंगलबार पनि बजारमा उतारचढाव भने कायमै रह्यो । यसबाट के प्रष्ट हुन्छ भने लगानीकर्ताहरुको मनोवल अस्थिर रहेको छ, बजार विश्लेषक हरीवोल काफ्ले भन्छन् —ठूला लगानीकर्ताहरु बजार अझै तल जाला र सेयर उठाउँला भनेर बसेका कारण पनि बजार ओरालो गतिमा लागेको हो ।
यसदिन कारोबार रकममा पनि गिरावट आएको छ । सोमबार ९२ करोडको कारोबार भएको बजारमा मंगलबा ८२ करोड ८२ लाख रुपैयाँको मात्र कारोबार भएको छ ।  मंगलबार बैकिङ २२.३५ अंकले, विकास बैक २४.६३ अंकले, जलविद्युत ३३. अंकले, फाइनान्स १३.७८ अंकले, विमा समूह १२४.१५ अंकले, होटल ६६.३५ अंकले र अन्य समुह ९.८४ अंकले ओरालो लागेको छ ।
मंगलबार पनि लगानीकर्ताको आकर्षण सबैभन्दा बढी एभरेष्ट बैकमै देखिएको छ । सो बैंकको सवैभन्दा बढी ९ करोड १३ लाख रुपैयाँको कारोबार भयो । त्यस्तै बढी कारोबार हुने कम्पनीहरुमा नेशनल लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, बैक अफ काठमाडांै लुम्विनी, सिद्धार्थ बैक लगायतका कम्पनीहरु रहेका छन् ।

यसदिन गुमाउनेहरुमा रिलाइएवल माइक्रोफाइनान्स वित्तिय संस्था, नेपाल ग्रामिन विकास बैंक लगायतका लगानीकर्ताहरुले गुमाएका छन् भने सिर्जना माइक्रोफाइनान्स, युनियन फाइनान्सका लगानीकर्ताहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.