वास्तविक क्षेत्रका कम्पनीले पुँजीको १० प्रतिशत मात्र सेयर निष्काशन गर्न पाउने, नयाँ नियमावलीमा सेयर बजारको ठगहरुलाई नियन्त्रणको प्रयास

  २०७३ कार्तिक २८ गते १७:३९     विकासन्युज

rewat_bahadur

बाेर्डका अध्यक्षा डा रेवतबहादुर कार्की

काठमाडौं, २८ कात्तिक । नेपाल धितोपत्र बोर्डले पूँजी बजारको बिकास तथा बिस्तार गर्न, अन्तर्राष्ट्रिय वित्तीय संस्थाले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न तथा वास्तविक क्षेत्रका संगठित संस्थाहरुलाई पूँजीबजारमा सहभागी गराउनुका साथै साविकको नियमावलीमा देखिएका कमि कमजोरीहरुलाई सुधार गर्न धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ ल्याइएको छ ।

नयाँ नियमावलीले प्रमुख रुपमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्ने व्यवस्था गरेको छ । यसअघि इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी), एशियाली विकास बैंक (एडीबी), हिमाल पावर लगायत संस्था तथा कम्पनीले स्थानीय मुद्रामा ऋणपत्र जारी प्रयास गरे पनि ऋणपत्र दर्ता तथा निश्काशन सम्बन्धि व्यवस्था नहुँदा ती प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।

नयाँ नियमावलीले वास्तविक क्षेत्रका संगठित संस्थाहरुले न्यूनतम दश प्रतिशत मात्र पनि सार्वजनिक निष्काशनमा जान पाउने व्यवस्था गरिएको छ । यसअघिको व्यवस्थामा चुक्ता पुँजीको कम्तिमा ३० प्रतिशत सेयर सर्बसाधारणलाई बेच्नुपर्ने व्यवस्था गरेको थियो ।

त्यस्तै, नयाँ नियमावलीमा प्रिमियममा धितोपत्र निष्काशन गर्न सक्ने व्यवस्था गरिएको छ । यसअघि साधारण सेयर निश्काशन गर्दा अंकित मूल्यमा सेयर निश्काशन गर्ने व्यवस्था थियो ।

नयाँ नियमावलीले स्वार्थ बाझिने गरी धितोपत्रको निष्काशन/वितरण गर्न नपाउने गरेको छ । गुरुप्रसाद न्यौपाने लगायत केही व्यवसायीले स्वार्थ बाझिने गरि सेयर निष्काशन गरेपछि बोर्ड यस्ता फटाहाहरुको ठगी धन्दा रोक्ने प्रयास गरेको छ ।

नयाँ नियमावलीमा धितोपत्रदर्ता तथा दस्तुर बुझाउने व्यवस्थालाई सरलीकृ गरिएको बोर्डले जनाएको छ । ‘संगठित संस्थाहरुले गर्ने सार्वजनिक निष्काशन, हकप्रद निष्काशन, नयाँ निष्काशन तथा अन्य निष्काशनलाई थप सरलीकृत गर्ने, सूचिकृत संगठित संस्थाहरुको विवरण प्रवाहलाई थप व्यवस्थित गर्ने, गाभ्ने गाभिने प्राप्ति कार्यपछिको धितोपत्रदर्ता कार्यलाई सहजीकरण गर्ने, परिपत्र विधिद्वारा गरिने निष्काशन कार्यलाई व्यवस्थित गरी स्वस्थ परिपाटीको विकास गर्ने’ जस्ता व्यवस्थाहरु नयाँ नियमावलीमा गरिएको धितोपत्रा बोर्डले जनाएको छ ।

Guru_prasad_neupaneनयाँ नियमावलीले स्वार्थ बाझिने गरी धितोपत्रको निष्काशन/वितरण गर्न नपाउने गरेको छ । गुरुप्रसाद न्यौपाने लगायत केही व्यवसायीले स्वार्थ बाझिने गरि सेयर निष्काशन गरेपछि बोर्ड यस्ता फटाहाहरुको ठगी धन्दा रोक्ने प्रयास गरेको छ ।

यो नियमावली लागू भएपश्चात वास्तविक क्षेत्रका संगठित संस्थाहरुको बजारमा प्रवेशलाई प्रोत्साहन हुने, दोस्रो बजार व्यापक भै बजारको संरचनात्मक सुधार हुने, आईएफसी, एडीबी जस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्दा बजारको विस्तार र गहिराई बढी नयाँ अध्याय थपिने, कन्फिक्ट अफ इन्ट्रेष्टलाई सम्बोध नहुने, धितोपत्रको निष्काशन कार्य थप व्यवस्थित तथा पारदर्शी हुने तथा बिगत पच्चीस वर्षदेखि निश्चित मूल्यमा सार्वजनिक निष्काशन हुने गरेकोमा निश्चित मापदण्ड पूरा गरी स्वतन्त्र मूल्यमा जानको लागि पूर्वाधार तयार हुने बोर्डको विश्वास रहेको छ ।

नयाँ नियमावली आगामी मंसिर १ गतेदेखि लागू हुने बोर्डले जनाएको छ । नयाँ नियमावली लागू भएपछि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०६५ लाई प्रतिस्थापन हुने प्रवक्त निरज गिरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.