२०७९ चैत २६ गते १९:०२ विकासन्युज
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको नवनिर्वाचित अध्यक्ष उज्जवल सत्यालले सपथ ग्रहण गरेका छन् । सत्यालले आइतबार नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर नीलम ढुङ्गना तिम्सिना समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
बैंकको १८ औँ वार्षिक साधारणसभाबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
सञ्चालक समितिका अध्यक्ष सत्यालमार्फत अन्य संचालकहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरे पश्चात नवनिर्वाचित सञ्चालक समितिले आफ्नो कार्य प्रारम्भ गर्ने बैंकले जनाएको छ ।
बैंकले मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएमबाट वित्तिय सेवा दिँदै आइरहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.