२०७९ चैत २६ गते १७:०० विकासन्युज
काठमाडौं । इसेवा मनि ट्रान्स्फरले भोजपुर बहुमुखि क्याम्पसमा सहयोग गरेको छ । इसेवा मनी ट्रान्स्फरले भोजपुरको भोजपुर बहुमुखि क्याम्पस र लक्ष्मी केयर्सलाई सहयोग हस्तान्तरण गरेको हो ।
शुक्रबार कम्पनीले डिजिटल साक्षरताका इसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले संस्थाका अध्यक्ष प्रमेश केसी साथै महा सचिव संकेत कोईरालालाई सिजि ६५ एइ फोके एन्रोइड टिभि र स्टेशनरी सामानहरू हस्तान्तरण गरेका हुन् ।
यसका साथै कम्पनीले लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा सञ्चालित सामाजिक उत्तरदायित्वको पहलमा लक्ष्मी केएर्सलाई शनिबार आयोजित ओरेन्ज भ्इवान्स र्चोडर्स फर कज २०२३ कार्यक्रममा आर्थिक सहयोग पनि गरेको छ । लक्ष्मी केयर्स ग्रीन इनिटिएटिभ, गर्ल एजुकेसन र फाइनानसियल लिटरेसी क्षेत्रमा सक्रिय रहेको छ ।
स्थापनाको छोटो समयमै तिब्र गतिमा बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्स्फरले आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तरगत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।
इसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख १२ हजार भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको कम्पनीले जनाएकाे छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.