२०७८ चैत २५ गते १७:२८ विकासन्युज
नवलपरासी । महालक्ष्मी विकास बैंकको परासी शाखा हाल रहेको स्थान रामग्राम नगरपालिका –५ सुनबल रोडबाट जिल्ला प्रशासन रोडमा स्थानान्तरण भएको छ ।
शुक्रबार आयोजित एक विशेष कार्यक्रमका बीच उक्त शाखाको समुद्घाटन संयुक्त रुपमा यस बैंकका सञ्चालक राहुल अग्रवाल र पुर्वगृह राज्यमन्त्री देवेन्द्रराज कंडेलले गरेका छन् ।
यस शाखाबाट ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता रहेको बैंकले जनाएको छ ।
यस बैंकले प्रदेश १ मा ५, मधेश प्रदेशमामा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरुमासफत वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.