२०७८ चैत २५ गते १२:०७ विकासन्युज
काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका-१ को चाल्नाखेल-वोसनमा केवलकार सञ्चालनमा आउने भएको छ । चम्पादेवी ईको फ्रेण्डली कम्पनी प्रालिले सो केवलकार सञ्चालनमा ल्याउन लागेको हो ।
चम्पादेवीले पत्रकार सम्मेलनगरी सो विषयमा जानकारी गराएको हो । कम्पनीका तर्फवाट सञ्चालक कमलेश कुमार अग्रवालले केवलकार सञ्चालनका लागि आवश्यक प्राविधिक कार्य पूरा भएको र अव निर्माण प्रकृया सुरु हुने जानकारी दिए । उनका अनुसार अवको तीन वर्षमा निर्मण कार्य सम्पन्न भई सो केवलकार सञ्चालनमा आउनेछ ।
कम्पनीले उक्त केबुलकार प्रोजेक्ट निर्माण गर्नका लागि ५०० देखि ६०० करोड खर्च गर्ने योजना रहेको जनाएको छ । कम्पनीले विदेशीलगानीकर्ता समेत भित्र्याउने लक्ष्य राखेको छ । कम्पनीले वोसन गाउँदेखि बेस स्टेशनसम्मका सडकलाई डिजाइन गरेको नक्साअनुसार विस्तारका लागि सम्बन्धित निकायहरूलाई आवश्यक पहल गरिदिन पनि अनुरोध गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.