मंगलबार सुनको मूल्य बढ्दा चाँदीको घट्यो
२०७८ चैत २२ गते ११:४३ विकासन्युज
![](https://www.bikashnews.com/wp-content/uploads/2020/10/gold_silver.jpg)
काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा १०० रुपैयाँ बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९८ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुन तोलाको ९८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेर एक हजार ३४० रुपैयाँ कायम भएको छ ।