२०७८ चैत ४ गते १४:४६ विकासन्युज
काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार रहेका एकना काठमाडौंको टोखाबाट पक्राउ परेका छन् ।
बैंकिङ कसूरमा फरार रहेका हेटौंडा उपमहानगरपालिका-७ घर भई काठमाडौंको टोखा बस्दै आएका ४२ वर्षीय राजेन्द्र विश्वकर्मालाई पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।
विश्वकर्माले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको थाहा हुँदाहुँदै पीडितलाई चेक दिएर दु:ख दिएको प्रहरीले जनाएको छ । उच्च अदालत पाटनले गत फागुन १० गते २० लाख जरिवाना र पाँच दिन कैद सजाय हुने फैसला गरेको थियो ।
पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदात काठमाडौंमा पेश गरिएको प्रहरीले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.