प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा एमसीसी
२०७८ फागुन ११ गते १६:०७ विकासन्युज
काठमाडौं । बिहीबार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसी पनि परेको छ ।
कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बढुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने र एमसीसी सम्झौताबारेको छलफल रहेको छ ।
सरकारले गत आइतबारको बैठकमा एमसीसी सम्झौता टेबल गरेको थियो ।