२०७८ पुष ८ गते १४:५१ विकासन्युज
काठमाडौं । बीमा समितिको सञ्चालकमा सन्तोष रिजाल नियुक्त भएका छन् । सरकारले उनलाई बीमितहरुको तर्फबाट समितिको सञ्चालकमा नियुक्त गरेको हो ।
समितिकाे सञ्चालकमा यसअघि राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठ रहेका थिए । उनले पदबाट राजीनामा दिएपछि रिक्त रहेकाे पदमा सरकारले रिजाललाई सञ्चालककाे रुपमा नियुक्त गरेकाे हाे ।
उनले अर्थमन्त्रालयबाट आफु नियुक्त भएको पत्र प्राप्त गरिसकेको जानकारी दिए ।
स्थायी घर दाङ भएका रिजालले अर्थशास्ज्ञमा स्नातकोत्तर गरेका छन् भने अध्यापन पेशामा पनि उनी आवद्द छन् । उनले बीमा क्षेत्रको समसामियक नीति निर्माण गर्न आफ्नो विशेष भूमीका र सक्रियता रहने पनि जानकारी दिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.