२०७८ पुष २ गते १३:२५ विकासन्युज
काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले २७ वर्षपछि लाभांश घाेषणा गरेकाे छ । पछिल्लो २७ वर्षदेखि यता लाभांश घोषणा नगरेको फाइनान्सले एकैपटक आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
गत २०५१ सालमा स्थापना भएको संस्थाले हालसम्म सेयरधनीलाई लाभांश खुवाउन सकेको थिएन । किशाेर महर्जन अध्यक्ष भएर आएसँगै संस्थाले २७ वर्षपछि सेयरधनीलाई लाभांश वितरण गर्ने भएकाे छ । अध्यक्ष महर्जन पुराना बैंकर समेत हुन् ।
संस्थाले सेयरधनीलाई ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । पुस १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ७ प्रतिशत बोनस र ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।
हाल संस्थाको चुक्ता पुँजी ८० करोड १ लाख रुपैयाँ छ । ७ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ८५ करोड ६१ लाख रुपैयाँ नाघ्ने छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.