प्राइम कमर्शियल बैंक र ग्लोबल आईएमई समुन्नतको मूल्य समायोजन

  २०७८ मंसिर २२ गते १०:०८     विकासन्युज

काठमाडौं । प्राइम कमर्शियल बैंक र ग्लोबल आईएमई समुन्नत स्किम १ को सेयर मूल्य समायोजन भएको छ । यी दुई संस्थाको क्रमशः बोनस र नगद लाभांश पश्चात दोश्रो बजारमा सेयर मूल्य समायोजन भएको हो ।

जसमध्ये प्राइम बैंकको १६ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ३८१.९० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारमा संस्थाको अन्तिम कारोबार प्रतिकित्ता ४४३ रुपैयाँमा भएको थियो ।

त्यस्तै, ग्लोबल आईएमई समुन्नतको १०० प्रतिशत नगद लाभांशपश्चात इकाई मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको इकाई मूल्य १०.८८ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको अन्तिम कारोबार प्रतिइकाई २०.८८ रुपैयाँमा भएको थियो ।

यससँगै अबको कारोबारमा यी दुबै कम्पनीको पहिलो कारोबार समायोजित मूल्यलाई आधार मानेर हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.