२०७८ मंसिर ७ गते १६:३२ विकासन्युज
काठमाडौं । लघुवित्त कम्पनीहरुले कुनै पनि संगठित संस्थाको शेयरमा लगानी गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार लघुवित्त वित्तीय संस्थाहरुलाई एकिकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
लघुवित्तले संस्थाले संगठित संस्थाको शेयर, डिबेञ्चर तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लगानी गर्न पाइने छैन, हाल कायम रहेका यस्ता लगानीहरु २०७९ साल असार मसान्तभित्रमा विनिवेष गरिसक्नु पर्नेछ,’ निर्देशनमा लेखिएको छ ।
इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाले यसपुर्व धितोपत्र विनिमय बजारमा सूचीकृत भइनसकेको कुनै संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा लगानीे गरेको भएमा उक्त शेयर तथा डिबेञ्चरमा लगानी भए बराबरको रकम लगानी समायोजन कोषमा जम्मा गर्नु पर्ने व्यवस्था पनि गरेको छ ।
त्यस्तो कोषमा रहेको रकम उक्त शेयर तथा डिबेञ्चर सूचीकृत वा विनिवेष नभएसम्म अन्य प्रयोजनमा उपयोग गर्न नपाइने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.