२०७८ कार्तिक १५ गते १२:११ विकासन्युज
काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५६ करोड १५ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणका अनुसार उक्त नाफा गत वर्षको तुलनामा २० करोड रुपैयाँले बढी हो ।
बैंकले गत आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा ३६ करोड ९ लाख रुपैयाँ मात्रै नाफा गरेको थियो ।
त्यस्तै, बैंकको वितरणयोग्य नाफा १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकले कुल १ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने कुल १ खर्ब २७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानी पनि बढेको छ । बैंकको चाुल आवको पहिलो त्रैमासमा बैंकले १ अर्ब २८ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ भने गत वर्ष बैंकले कुल ९५ करोड ५३ लाख रुपैयाँ व्याज आम्दानी गरेको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.