२०७८ कार्तिक १५ गते १२:०२ विकासन्युज
काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको तीन महिनामा ४५ करोड २८ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा ८ करोड ६९ लाख रुपैयाँ बढी हो ।
बैंकले गत वर्षको सोही अवधि अर्थात असोज मसान्तसम्ममा ३६ करोड ५९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकले नाफा बढाएसँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढाएको छ । गत वर्ष १५.६२ रुपैयाँ मात्रै रहेको बैंकको ईपीएस बढेर १६.९५ रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको वितरणयोग्य नाफा २ अर्ब ९३ करोढ १७ लाख रुपैयाँ रहेको छ ।
बैंकको खुद व्याज आम्दानी पनि बढेको छ । गत वर्ष ९३ करोड ८९ लाख रुपैयाँ व्याज आम्दानी गरेको बैंकले चाुल आवको सोही अवधिमा १ अर्ब ११ करोड रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएको छ ।
समीक्षा अवधिमा बैंकले कुल १ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३८ अर्ब रुपैयाँ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.