बोनसपछि सिटिजन्स बैंकको सेयर मूल्य समायोजन

  २०७८ असोज २२ गते ७:१५     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १२.९१३ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो ।

समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ३५२.४८ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३५२.४८ रुपैयाँबाटै शुरु हुने छ । यसअघि बैंकको अन्तिम कारोबार प्रतिकित्ता ३९८ रुपैयाँमा भएको थियो ।

बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १२.९१३ प्रतिशत बोनस र ३.०८७ प्रतिशत नगद (कर समेत) गरी १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त  प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।

उक्त सभामा जाने प्रयोजनको लागि बैंकले असोज २२ गते बुक क्लोजको मिति तय गरेको थियो । यससँगै गत असोज २१ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् भने आजदेखि बैंकको सेयर किन्ने लगानीकर्ताहरु भने बैंकको गत आवको प्रस्तावित लाभांश पाउन योग्य हुने छैनन् ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले तोक्यो बुक क्लोजको मिति, कहिलेसम्मका सेयरधनीले पाउँछन् लाभांश ?

सिटिजन्स बैंकले सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.