२०७८ भदौ ३१ गते १२:४३ विकासन्युज
काठमाडौं । बिहिबार प्रतितोला ७०० ले सुनको मूल्य घटेको छ । हिजाे प्रतितोला ९१ हजार २०० मा कारोबार भएको सुन ७०० ले घटेर ९० हजार ५०० पुगेको हो ।
यस्तै तेजाबी सुन आज तोलामा ९० हजार रुपैयाँमा कारोबार हुँदैंछ । हिजो तेजाबी सुन तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने यथावत रही प्रतितोला १२०० रुपैयाँमा कारोबार भइरहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.