२०७८ भदौ २८ गते १८:५७ विकासन्युज
काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड टिसिएलले नजिकिएको नेपालीहरुको महान चाड दशैं र तिहारलाई लक्षित गर्दै ‘यस दशै तिहार, टिसिएलमा क्यासब्याक र बम्पर उपहार’ नामक योजना सार्वजनिक गरेको छ ।
षस योजना अन्तर्गत टिसिएल ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यासब्याक तथा बम्पर उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
५८ हजार ७ सयसम्मको क्यासब्याक प्राप्त गर्न सकिने यस योजनामा बम्पर उपहार अन्तर्गत २ जना भाग्यशाली ग्राहकहरुले ५५ इन्चको टिसिएल कर्भ स्मार्ट एलइडि टि.भी समेत जित्नेछन् ।
यस योजना अन्तर्गत टिसिएलका विभिन्न सामानहरु जसमा एलइडि टि.भीको खरिदमा ५८ हजार ७०० रुपैयाँ सम्मको, वाशिङ मेसिनको खरिदमा २० हजार १०० रुपैयाँ सम्मको, एसिको खरिदमा ५१ हजार ५०० रुपैयाँ सम्मको साथै ४ हजार रुपैयाँ बराबरको नि:शुल्क एसि जडान र वाटर डिस्पेन्सरको खरिदमा ४ हजार २०० रुपैयाँ सम्मको क्यास ब्याक प्राप्त गर्न सकिनेछ ।
साथै टिसिएलले आफ्नो विभिन्न सामानहरुमा विभिन्न किसिमका वारेण्टीहरु र निशुल्क डेलीभरी पनि प्रदान गर्ने जनाएकाे छ ।
टिसिएलका सामानहरु खरिद गरे पश्चात ग्राहकहरुले आफुलाई बम्पर उपहारमा सहभागी गराउन टिसिएलएफवो टाईप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको बिल नं लेखि ३१००१ मा एस्एमएस् गर्नुपर्नेछ ।
कम्पनीले यो योजना भदाै २७ सिमित अवधिका लागि लागू गरिएको छ । टिसिएल ब्राण्डको अधिकारिक विक्रेता चौधरी गु्रप अन्तर्गतकाे सिजी इओएल रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.