टिसिएलकाे घरेलु उपकरण किन्दा ५८ हजारसम्म क्यासब्याक पाइने

  २०७८ भदौ २८ गते १८:५७     विकासन्युज

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड टिसिएलले नजिकिएको नेपालीहरुको महान चाड दशैं र तिहारलाई लक्षित गर्दै ‘यस दशै तिहार, टिसिएलमा क्यासब्याक र बम्पर उपहार’ नामक योजना  सार्वजनिक गरेको छ ।

षस योजना अन्तर्गत टिसिएल ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यासब्याक तथा बम्पर उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

५८ हजार ७ सयसम्मको क्यासब्याक प्राप्त गर्न सकिने यस योजनामा बम्पर उपहार अन्तर्गत २ जना भाग्यशाली ग्राहकहरुले ५५ इन्चको टिसिएल कर्भ स्मार्ट एलइडि टि.भी समेत जित्नेछन् ।

यस योजना अन्तर्गत टिसिएलका विभिन्न सामानहरु जसमा एलइडि टि.भीको खरिदमा ५८ हजार ७०० रुपैयाँ सम्मको, वाशिङ मेसिनको खरिदमा २० हजार १०० रुपैयाँ सम्मको, एसिको खरिदमा ५१ हजार ५०० रुपैयाँ सम्मको साथै ४ हजार रुपैयाँ बराबरको नि:शुल्क एसि जडान र वाटर डिस्पेन्सरको खरिदमा ४ हजार २०० रुपैयाँ सम्मको क्यास ब्याक प्राप्त गर्न सकिनेछ ।

साथै टिसिएलले आफ्नो विभिन्न सामानहरुमा विभिन्न किसिमका वारेण्टीहरु र निशुल्क डेलीभरी पनि प्रदान गर्ने जनाएकाे छ ।

टिसिएलका सामानहरु खरिद गरे पश्चात ग्राहकहरुले आफुलाई बम्पर उपहारमा सहभागी गराउन टिसिएलएफवो टाईप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको बिल नं लेखि ३१००१ मा एस्एमएस् गर्नुपर्नेछ ।

कम्पनीले यो योजना भदाै २७ सिमित अवधिका लागि लागू गरिएको छ । टिसिएल ब्राण्डको अधिकारिक विक्रेता चौधरी गु्रप अन्तर्गतकाे सिजी इओएल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.