२०७८ साउन १० गते ११:३७ विकासन्युज
काठमाडाैं । नेपाल बंगलादेश बैंकले मोरङ जिल्लाकाे लेटाङ्ग नगरपालीकाको बुधबारे बजारमा आफ्नो ८ औ विस्तारित सेवा केन्द्रकाे औपचारीक शुभारम्भ गरेको छ ।
उक्त स्थान नजिकै रहेका पालिकाहरु बैंकिङ्ग पहुँचबाट टाढा रहेको अवस्थामा ग्रमिण भेगमा वित्तिय पहुँच पुर्याई हरेक नेपालीको एक बैंक खाता खोल्ने नेपाल सरकारको नितिलाई सघाउन बैंकले आफ्नो सेवा केन्द्र संचालनमा ल्याएको जनाएकाे छ ।
उक्त विस्तारित सेवा केन्द्रको शुभारम्भ प्रदेश नम्वर १ मोरङ्ग ख का प्रदेश सांसद माननिय श्री उपेन्द्र घिमिरेले गरेका थिए ।
बैंककाे अनुसार यस विस्तारित सेवाबाट उक्त स्थानमा छरिएर रहेको पुँजिलाई एककिृत गर्न सघाउ पुग्नका साथै विदेशबाट प्राप्त हुने रेमिटान्स सोझै बैंक खातामा जम्मा हुने, चेक क्लियरिङ्ग तथा व्यवसायजन्य कारोवारका लागि लागि अन्यत्र टाढा जान नपर्ने, सामाजिक सुरक्षा लगायत नेपाल सरकारबाट बैंकिङ्ग प्रणाली मार्फत प्राप्त हुने सम्पुर्ण सेवा, शिक्षक एवं कर्मचारीहरुको तलबी खाता संचालन गर्न लगायतका सेवाहरु प्रदान गरिने छ ।
बैंकले आफ्ना ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटिएमबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.