समता लघुवित्तको २० प्रतिशत बोनस सूचीकृत
२०७८ वैशाख १६ गते १४:०७ विकासन्युज
काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । संस्थाको बिहीबार मात्रै ३ लाख ८२ हजार २३३ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो ।
यससँगै, लघुवित्तको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।