२०७८ वैशाख ११ गते १६:४२ विकासन्युज
काठमाडाैं । शनिबार नेपालमा २६ सय बढीमा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्नालयकाे अनुसार आज २६१८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।
यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ९७ हजार ०८७ जना पुगेको छ ।
नेपालमा आजसम्म २३ लाख ९५ हजार ७२५ जनाको पीसीआर विधिबाट परिक्षण भएको छ । यस्तै आज ३६८ जना निको भएसँगैं हालसम्म २ लाख ७७ हजार १२३ जना निको भएर घर गइसकेका छन ।
पछिल्लो २४ घण्टामा १४ जनाको कारोनाको कारण मृत्यु भएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.