२०७८ वैशाख ७ गते १२:०५ विकासन्युज
काठमाडाैं । सरकारले काेभिडशिल्ड खाेपकेा दाेस्राे डाेज लगाउन सुरु गरेकाे छ । आजदेखि सरकारले दाेस्राे डाेजकाे काेभिडशिल्ड खाेप लगाउन सुरु गरेकाे हाे ।
तर पहिलाे डाेजकाे खाेप करिब २ महिनाअघि लगाएकाे कारण धेरैले पहिलाे डाेज लगाउँदा बनाएकाे खाेप कार्ड भेट्टाउन नसकिरहेकाे अवस्था छ ।
जिल्ला स्वास्थ्य कार्यलय काठमाडाैंकी फाेकल पर्सन रुपा बुढाथाेकीकाे अनुसार खाेप कार्ड हराएकाहरुकाे लागि खाेप नलगाउनु बाहेक कुनै उपाए छैन । ‘खाेप कार्ड दाेस्राे पटक चाहिन्छ भनेर सबैलाई भनिएका थियाे । याे बनाउन फेरी मिल्दैन,’ उनले भनिन् ।
स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख झलक शर्मा गाैतमकाले खाेप कार्ड नभएकाले खाेप केन्द्रमा भएकाे पुराना डाटाहरु पाएकाे अवस्थामा मात्र दाेस्राे डाेज खाेप लगाउन पाउने बताए ।
यस्तै सरकारले खाेप लगाउनकाे लागि पनि मितिहरु तय गरेकाे छ । बुढाथाेकीकाे अनुसार आफ्नाे समय अनुसार खाेप लगाउन गए सबैलाई सहज हुने तर छुट्न गएमा भने पछि अन्य मितिमा पनि लगाउन पाइनेछ ।
पहिलो मात्रा खोप लगाएका व्यक्तिले यही वैशाख ७ देखि ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा गई लगाउन सक्नेछन् । पहिलो खोप अभियानअन्तर्गत भारत सरकारको अनुदानमा प्राप्त र खरिद गरेको ‘कोभिशिल्ड’ खोपको मात्रा दिइएको थियो ।
विभागले गत माघ १४ देखि १६ तथा माघ २७ देखि २९ गतेसम्म पहिलो मात्रा लगाएकाले वैशाख ७ गते, माघ १८ देखि २२ गते र फागुन २ गते लगाएकाले यही वैशाख ८ गते, माघ २३ र फागुन ३ गतेदेखि ५ गतेसम्म लगाएकाले वैशाख ९ गते, माघ २४ गते र फागुन ६, ८ र ९ गते लगाएकाले वैशाख १० गते र माघ ३० र फागुन ७ तथा १० गते लगाएकाले वैशाख ११ गते दोस्रो मात्राको खोप लगाउनका लागि भनेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.