तत्काल विद्यालय बन्द नगर्ने शिक्षा मन्त्रालयकाे निर्णय

  २०७७ चैत ३० गते १०:०९     विकासन्युज

काठमाडौं । तत्काल विद्यालय बन्द नगर्ने शिक्षा मन्त्रालयले निर्णय गरेको छ ।

कोरोना संक्रमणको जोखिममा विद्यालय सञ्चालन गर्ने कि बन्द गर्ने भन्ने विषयमा शिक्षा मन्त्रालय र सरोकारवालाहरुबीच आज बिहान भएको छलफलले यस्तो निर्णय गरेको हो ।

छलफलमा सहभागी भएका एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाको अनुसार तत्काल  स्वास्थ्य मापदण्डहरु अपनाएर विद्यालयहरु संचालन गर्ने निर्णय भएको छ ।

मन्त्रालयले निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एनप्याब्सन) लगायत शैक्षिक क्षेत्रसँग सरोकारवाला निकायलाई छलफल गरेको थियो ।

यसअघि नै प्याब्सनले सबै ठाउँका विद्यालयमा अनलाइन माध्यमबाट पठनपाठन गर्न सम्भवन नभएको जनाइसकेको छ । आईतबार एक विज्ञप्ती जारी गर्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमण धेरै देखिएका क्षेत्रका विद्यालय तीन साता बन्द गर्ने प्रस्तावमा असन्तुष्टि जनाएको हो ।

 

3 comments on "तत्काल विद्यालय बन्द नगर्ने शिक्षा मन्त्रालयकाे निर्णय"

  • c.k.shahi chandra kumar shahi says:

    MAY BE EDU MINISTER HAS NO CHILDREN IF MY GHILD ANY THINGS HAPPEN I WILL ASK FOR COMPENSATION BILL MEDICAL. HE MUST SEE MR GAUTAM ADVICE OR HE HA MMM FROM BUSS SCH ……..

  • किशन साह says:

    बिधालयमा पढ्ने सम्पुर्ण बालबालिका हरु को पुर्ण जिम्मेवारी प्यावसन र एन प्यावसन ले लिनु पर्छ।

  • shilpa karn says:

    Eni haru lai aafu le matlab matra xa aru ko bachha sanga eniharu risk linxa sab bhanda corona badheko pradesh 2 nai ho tysma pani eni haru school khol xan vaner bhanxa euta pani corona positive vayo bhane purai school nai khatam hunxa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.