एनआईयूले भित्र्यायो नयाँ जेनेरेसनको ई-स्कुटर, मूल्य २ लाख ३९ हजार रुपैयाँ

  २०७७ फागुन १९ गते १८:२२     विकासन्युज

काठमाडौं । इलेक्ट्रिक ब्रान्ड एनआईयूले नेपाली बजारमा अर्को नयाँ मोडल ‘एनआईयू एमक्यूआई प्लस’ लन्च गरेको छ । कम्पनीले विश्व प्रसिद्ध कम्पनी बोससँगको सहकार्यमा पुन नयाँ जेनेरेसनको ई-स्कुटर नेपाली बजारमा लञ्च गरेको हो ।

फागुन १९ गते सार्वजनिक भएको उक्त ‘एनआईयू एमक्यूआई प्लस’ मा फरक ड्राइभिङ मोड र दोस्रो राइडरका लागि थप स्पेस समेत रहेको छ । विभिन्न ५ कलरमा उपलब्ध रहेको यस स्कुटरको मूल्य २ लाख ३९ हजार रुपैयाँ तोकिएको छ ।

कम्पनीका अनुसार यो इलेक्ट्रिक स्कुटरमा ४८ भोल्ट ३१ एएचको लिथियम आयोन ब्याट्री र बोसको १५ सय वाटको इलेक्ट्रोमिटर रहेको छ । सिंगल चार्जमा ६० देखि ७५ किलोमिटर सम्मको रेन्ज दिने सो स्कुटरको अधिकतम गति ४५ किलोमिटर प्रतिघण्टा हुने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.