सर्वोच्चले नै राेक्याे प्रधानमन्त्रीको राजीनामा: प्रवक्ता गुरुङ

  २०७७ फागुन १७ गते १७:२०     विकासन्युज

काठमाडाैं । सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा सर्वोच्च अदालतले नै रोकिदिएको बताएका छन्। ​

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता गुरुङले फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापनाका क्रममा सर्वोच्चले दिएको आदेशले प्रधानमन्त्रीको राजीनामा रोकेको बताएका हुन् ।

‘फैसलाले बहुमतप्राप्त दलको नेताले संवैधानिक हैसियतले, नैतिकताको हैसियतले आफ्नो जिम्मेवारीबाट भाग्न पाइँदैन । राज्य सञ्चालन गर्नु तपाईको दायित्व हो, जिम्मेवारी, नैतिकताको विषय हो भनेको छ’ उनले भने ।

मन्त्री गुरुङले अगाडि भने, ‘राजीनामाबाट रोक्ने काम सर्वोच्चको फैसलाबाटै भएको छ । त्यसैले अहिले राजीनामा गर्नुहुन्न, जे हुन्छ संसदीय प्रक्रियाबाट फैसला हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.