स्पार्क अटोमोटिभस्ले नेपालमा भित्र्यायाे एस इक्विपमेन्टका उत्पादन

  २०७७ माघ ७ गते १२:३१     विकासन्युज

काठमाडौं । स्पार्क अटोमोटिभस् प्रा. लि ले भारतको लोकप्रिय हेभी इक्युपमेन्ट उत्पादन कम्पनी एस ब्राण्डको मेशिनहरु नेपालमा ल्याएको छ । कम्पनीले बागमती र नारायणी अञ्चलको लागी उक्त मेशिनहरु ल्याएको हो ।

एस कम्पनीद्वारा उत्पादित यी हेभी इक्युपमेन्टहरु विभिन्न निर्माण कार्यमा अतिनै लोकप्रिय रहेका छन् ।

नेपालमा स्पार्क अटोमोटिभ्स प्रा .ली .ले भित्र्याएका यी हेभी इक्युपमेन्टसहरुमा ३-४० टनका क्रेन, ब्याक्हो लोडर, व्हील लोडर तथा विभिन्न सडक निर्माणमा आवश्यक पर्ने कम्याक्टर, टेन्डम रोलर, ग्रेडर एंवम वेयर हाउस इक्युपमेन्टमा फर्कलिफ्ट, स्ट्रयाकर आदी रहेका छन् । स्पार्क अटोमोटिभसको वर्कसप तथा शोरुम काठमाडौं तथा वीरगंजमा रहेको छ भने कर्पोरेट अफिस नक्साल, काठमाडौंमा रहेको छ ।

यसको साथसाथै कम्पनीले नेपालमा आवश्यक पर्ने एस ब्राण्डका अन्य उत्पादनहरु समेत बजारमा क्रमश बिक्री वितरण गर्ने र भविश्यमा बिक्री पश्चात सर्भिस सेवालाई पनि उत्तिकै महत्वमा राखी समय अनुसार शाखाहरु विस्तार गर्दै लैजाने जनाएको छ ।

एस इक्विपमेन्ट भारतको अग्रणी निर्माण सम्बन्धी उपकरण निर्माण गर्ने कम्पनी हो, जसले निर्माण तथा उत्पादन गरेको निर्माण सामाग्री उपकरण देशभरीका सबै प्रमुख पुर्वाधार निर्माण, ठुलठुला निर्माण र औद्योगिक परियोजनाहरुमा रहेको छ । एसले आफ्नो उत्पादनहरुको बिक्री वितरण मध्यपूर्व, एशिया, अफ्रिका तथा दक्षिण अफ्रिकी मुलुकहरुमा समेत गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.