२०७७ मंसिर १८ गते १६:२५ विकासन्युज
काठमाडौं । पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको निधन भएको छ । स्वाँरको बिहीबार बिहान काठमाडौंको बानेश्वरस्थित घरमै निधन भएको थियो ।
स्वाँर सूर्यबहादुर थापा नेतृत्वमा गृहमन्त्री भएका थिए । उनी पछिल्लो समयमा कोरोना भाईरसबाट संक्रमित भई निको भएका थिए । कोरोना रिपोर्ट नेगेटिभ आएको ३-४ दिनपछि उनको निधन भएको हो । उनमा मुटुको समस्या रहेको स्रोतले जनाएको छ ।
उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । उनका दुई छोरा र चारजना छोरी रहेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.