कोरोना रिपोर्ट नेगेटिभ आएको ४ दिनपछि पूर्वगृहमन्त्री स्वाँरको निधन

  २०७७ मंसिर १८ गते १६:२५     विकासन्युज

काठमाडौं । पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको निधन भएको छ । स्वाँरको बिहीबार बिहान काठमाडौंको बानेश्वरस्थित घरमै निधन भएको थियो ।

स्वाँर सूर्यबहादुर थापा नेतृत्वमा गृहमन्त्री भएका थिए । उनी पछिल्लो समयमा कोरोना भाईरसबाट संक्रमित भई निको भएका थिए । कोरोना रिपोर्ट नेगेटिभ आएको ३-४ दिनपछि उनको निधन भएको हो । उनमा मुटुको समस्या रहेको स्रोतले जनाएको छ ।

उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । उनका दुई छोरा र चारजना छोरी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.