२०७७ मंसिर ८ गते ११:०२ मञ्जरी पौडेल
काठमाडौं । विपन्न वर्गलाई वित्तीय सेवा दिन नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिई संचालनमा रहेका ‘घ’ वर्गका लघुवित्तले चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
हालसम्म कूल ४६ लघुवित्तले चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् । जसमध्ये २७ कम्पनीको खुद नाफामा वृद्धि भएको छ भने बाँकी १९ कम्पनीको नाफा खुम्चिएको छ ।
सबैभन्दा बढी समाज लघुवित्तकाे खुद नाफामा उल्लेख्य सुधार भएकाे छ । गत आर्थिक वर्ष २०७६/७७ काे पहिलाे त्रैमासमा ३ हजार रूपैयाँ कमाएकाे संस्थाले चालु आर्थिक वर्षकाे साेहि अवधिमा ३९ लाख ८ हजार रूपैयाँ खुद नाफा आर्जन गरेकाे छ । जुन १३०१६६ प्रतिशतले बढी हाे ।
निर्धन उत्थान लघुवित्तले सबैभन्दा बढी नाफा घटाएकाे छ । समिक्षा अवधिमा संस्थाले २२९ प्रतिशतले नाफा गुमाएकाे छ । गत आर्थिक वर्षकाे असाेज मसान्तसम्ममा २१ कराेड ३६ लाख रूपैयाँ नाफा कमाएकाे संस्था चालु आवकाे साेही अवधिमा २७ कराेड ९२ लाख ऋणात्मक रहेकाे छ ।
यसअवधिमा निर्धन उत्थान लघुवित्त सहित तीन संस्थाकाे खुद नाफा ऋणात्मक रहेकाे छ । आशा लघुवित्तकाे खुद नाफा ९ लाख ५३ हजार रूपैयाँ ऋणात्मक रहेकाे छ । जबकी संस्थाले गत आवकाे असाेज मसान्तमा ९८ लाख १६ हजार रूपैयाँ खुद नाफा कमाएकाे थियाे । जुन हालकाे तुलनामा १०९.७१ प्रतिशतले बढी थियाे ।
त्यस्तै, मानुषी लघुवित्तकाे खुद नाफा १३ लाख ६९ हजार रूपैयाँ ऋणात्मक रहेकाे छ । जुन नाफा गत आवकाे तुलनामा २०० प्रतिशतले कम हाे । संस्थाले गत आवकाे असाेज मसान्तमा १३ लाख ५४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।
कसले कति कमाए ?
Copyright © 2024 Bikash Media Pvt. Ltd.