सांग्रिला डेभलपमेन्ट बैंकको सबै शाखाबाट क्युआर कोड मार्फत नगद झिक्न सकिने

  २०७७ कार्तिक २ गते १६:५५     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले बालुवाटार शाखाबाट शुरु गरेकाे क्युआर कोड स्क्यान गरी रकम भुक्तानी लिने सुविधा सबै शाखामा सुरु गरेकाे छ । बैंकले देशभरकाे ९१ शाखामा याे सेवा सुरु गरेकाे हाे ।

यस अन्तर्गत ग्राहकहरुले अधिकतम एक लाखसम्मको रकम आफनो आवश्यकता अनुुुसार क्युआर कोड स्क्यान गरी भुक्तानी लिन सक्नेछन् । चेक र एटिएमको विकल्पको रुपमा आएको यो सुविधा प्रयोग गरी कोभिड १९ बाट हुन सक्ने सम्भावित जोखिम न्यूनिकरणमा उपयोगी हुने विश्वास बैंकले लिएको जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.