राष्ट्रिय वाणिज्य बैंकले उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने

  २०७७ असोज १४ गते २०:११     विकासन्युज


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पछि नेपाल घरेलु तथा साना उद्योग महासंघमा आवद्ध रहेका उद्यमीहरुलाई महासंघले परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ । र, सोही उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ ।

समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पश्चात देशमा उद्यमशीलताको प्रशस्त विकास भई सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयनमा थप सघाउ पुगी रोजगारी श्रृजना समेत हुने बताए । श्रेष्ठले बैंकको ७ प्रदेश ७७ वटै जिल्लामा रहेको २४१ वटै शाखा कार्यालयहरुबाट यो कर्जा लिन सकिने बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले बैंकसंगको यो सहकार्यले घरेलु तथा साना उद्यमीहरुको वित्तीय पहुँचमा थप सघाउ पुग्ने बताएका छन् । उनले महासंघमा हाल ३५ हजार उद्यमी साधारण सदस्य रहेको र महासंघको सिफारिस बमोजिम लगानी भएको कर्जामा संस्थागत जमानत समेत रहने हुँदा कर्जा असुलीमा महासंघको पनि नैतिक दायित्व रहने बताए ।

One comment on "राष्ट्रिय वाणिज्य बैंकले उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने"

  • लुइँटेल गाई फम says:

    खै हो सर हामी जस्तो साधारण कृषकले केही नपाउदा रहेछौ यो छुट अनुदा सबै चिनजान नातागोता का लागि रहेछ हामीले त हेरो पढ्यो खर्च गरेर बैंक मा गयो मेनेजर ले कर्जाको लाइनमा छ 6/7 मैना लाग्छ भन्छन् 6/7 मैना पर्खिन सक्ने अवस्था भए किन कर्जा लिनु खै के खैके

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.