मोटर बीमाको तेश्रो पक्ष बीमा पुल सञ्चालनमा, सीईओ अर्यालले उद्घाटन गरे भक्तपुरकाे उपशाखा

  २०७७ असोज १३ गते १७:३६     विकासन्युज

काठमाडाैं । नेपाल बीमक संघले मोटर बीमाको तेश्रो पक्ष बीमा पुल सञ्चालनमा ल्याएको छ । मोटर बीमा अन्तर्गत तेश्रो पक्ष बीमालेख जारी गर्दा देखिएका विसंगति तथा विकृतिलाई व्यवस्थित तथा बीमा व्यवसायलाई मर्यादित बनाउने अभिप्रायले संघले उक्त बीमा पुल सञ्चालनमा ल्याएकाे हाे ।

नेपालमा कार्यरत २० वटै निर्जीवन बीमा कम्पनीहरु मार्फत समानुपातिक तवरबाट व्यवसाय गर्ने निर्णय भएबमोजिम यस कम्पनीलाई भक्तपुर, विरगञ्ज र पाल्पा स्थित यातायात कार्यालय नजिक विस्तारित काउण्टर/उप शाखामार्फत तेश्रो पक्ष बीमालेख जारी गर्ने जिम्मेवारी रहेको छ ।

यसै सन्दर्भमा आश्विन ११ गते भक्तपुरमा उप शाखा कार्यालय संचालनमा ल्याइएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले उक्त उपशाखाको उद्घाटन गर्दै सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनी मार्फत यातायात कार्यालयमा तेश्रोपक्ष बीमा गर्न आउने सेवाग्राहीहरुको लागि चुस्त, दुरुस्त, छिटो र उच्च स्तरको सेवा प्रवाह हुने बताए ।

साथै, उक्त कार्यक्रममा कम्पनीको उक्त उपशाखाबाट तेश्रोपक्ष बीमालेख खरिद गर्ने पहिलो ग्राहकलाई प्रमुख कार्यकारी अधिकृतको हस्तक्षरित बीमालेख समेत हस्तान्तरण गरिएको थियो ।

कोभिड १९ का कारण कम्पनीले औपचारिक कार्यक्रम आयोजना गर्न नसकेतापनी उक्त कार्यक्रममा कम्पनीका उच्च पदस्त कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.