२०७७ साउन १९ गते १६:३३ विकासन्युज
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ४ सय १८ जनामा कोराेना भाइरस देखिएको बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २० हजार ७ सय ५० जना पुगेकाे छ ।
हाल क्वारेन्टिनमा १० हजार ४ सय ५२ जना रहेका छन् भने आजसम्म ३ लाख ९८ हजार ९ सय ७ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । मंगलबार विभिन्न अस्पतालबाट ३५९ जना निको भएर घर फर्किएका छन् । आजसम्म कोरोना मुक्त हुनेको संख्या १४ हजार ९ सय ६१ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.