टोखाको बजेट १ अर्ब ५८ करोड ४१ लाख

  २०७७ असार ११ गते ६:४२     विकासन्युज

काठमाडाैं । टोखा नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि १ अर्ब ५८ करोड ४१ लख ७७ हजार रूपैयाँको बजेट प्रस्तुत गरेको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकाले बुधबारको सातौँ नगरसभामा आगामी आवका लागि उक्त बजेट प्रस्तुत गरेको हो ।

नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले प्रस्तुत गर्नुभएको बजेटमा पूँजीगततर्फ १ अर्ब ४४ करोड र कार्यालय सञ्चालनको लागि १४ करोड १५ लाख रूपैयाँ रहेको छ ।

नगरपालिकाले प्रस्तुत गरेको बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ । टोखाले विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेर बजेट विनियोजन गरेको हो ।

टोखाले प्रस्तुत गरेको बजेटमा स्वास्थ्यका लागि ३ करोड, शिक्षाका लागि १ करोड ६० लाख, कृषिलाई ५० लाख, महिला विकासका लागि ३० लाख, पशुसेवाका लागि ३० लाख, सहकारीका लागि  ३० लाख रूपैयाँ रहेको छ ।

यस्तै, टोखाले चालु नगरका विकासका आयोजनाका लागि २ करोड २५ लाख रूपैयाँ विनियोजन गरेको छ । बुधबारको नगरसभामा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।   रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.