२०७७ असार ४ गते १९:१५ विकासन्युज
काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग(सिडिएससी)ले तत्काल वार्षिक तथा सफ्टवेयर मर्मत शुल्क बुझाउन धितोपत्र निष्काशनकर्तालाई आग्रह गरेको छ ।
सिडिएससीले धितोपत्र (सेयर, डिबेन्चर, म्युचअल फण्ड, अग्राधिकार सेयर) अभौतिकीकरण(डिम्याट) गराएका कम्पनीहरुलाई उक्त आग्रह गरेको हो ।
सिडिएससीले ग्लोबल आईएमई बैंक मार्फत आर्थिक वर्ष २०७६/७७ मा बुझाउनु पर्ने उक्त शुल्क बुझाउन आग्रह गरेको हो । यससँगै उनीहरुले कमलादीमा रहेको ग्लोबल आईएमई बैंकको खाता नं ७५०१०१०००११२१ मा उक्त शुल्क जम्मा गर्न सक्ने सिडिएससीका सहायक प्रबन्धक सुनिल गुरुङ्गले जानकारी दिएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.