२०७७ जेठ २३ गते १२:३९ विकासन्युज
काठमाडाैं । सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले आफ्नो विषयमा संसदमै घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै कारबाहीको माग गरेकी छन् ।
शुक्रबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै उनले त्यो अभिव्यक्ति आफूमाथि नभई संसदीय मर्यादामाथि कै आक्रमण भएकोले कारबाहीकाे माग गरेकी हुन् ।
सांसद गंगा चौधरीको नाम नलिई उनले १९ जेठको त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन समेत माग गरिन् । ‘नेपालको कानुन अनुसार यो हेट स्पिच कानुनी करबाहीका लागि पर्याप्त हुन्छ, म गृह मन्त्रालयको ध्यानाकर्षण गराउँछु कि यसलाई रेकर्डमा लिएर प्रक्रिया अगाडि बढाइयोस्,’ उनले भनिन् ।
सांसद गिरीले आफूलाई भारतीय दलाल भनेकोमा आपत्ति मात्र जनाइनन्, सांसद चौधरीमाथि पनि प्रश्न समेत उठाएकी थिइन् ।
आज बसेको प्रतिनिधि सभा बैठकका क्रममा माननिय सरिता गिरी
आज बसेको प्रतिनिधि सभा बैठकका क्रममा माननिय सरिता गिरी
Gepostet von Bikashnews.com am Freitag, 5. Juni 2020
Copyright © 2024 Bikash Media Pvt. Ltd.
Karbahi hajur sarita giri laii huna parchha , hindi maan pardaina hamilai sansad bhawan ma boleko , yaad garnus .