सरिता गिरीले भनिन्: नेकपा सासंदले मलाई घृणाको अभिव्यक्ति दियो, कारबाही गर्नुपर्छ (भिडियाेसहित)

  २०७७ जेठ २३ गते १२:३९     विकासन्युज

काठमाडाैं । सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले आफ्नो विषयमा संसदमै घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै कारबाहीको माग गरेकी छन् ।

शुक्रबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै उनले त्यो अभिव्यक्ति आफूमाथि नभई संसदीय मर्यादामाथि कै आक्रमण भएकोले कारबाहीकाे माग गरेकी हुन् ।

सांसद गंगा चौधरीको नाम नलिई उनले १९ जेठको त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन समेत माग गरिन् ।   ‘नेपालको कानुन अनुसार यो हेट स्पिच कानुनी करबाहीका लागि पर्याप्त हुन्छ, म गृह मन्त्रालयको ध्यानाकर्षण गराउँछु कि यसलाई रेकर्डमा लिएर प्रक्रिया अगाडि बढाइयोस्,’ उनले भनिन् ।

सांसद गिरीले आफूलाई भारतीय दलाल भनेकोमा आपत्ति मात्र जनाइनन्, सांसद चौधरीमाथि पनि प्रश्न समेत उठाएकी थिइन् ।

आज बसेको प्रतिनिधि सभा बैठकका क्रममा माननिय सरिता गिरी

आज बसेको प्रतिनिधि सभा बैठकका क्रममा माननिय सरिता गिरी

Gepostet von Bikashnews.com am Freitag, 5. Juni 2020

 

One comment on "सरिता गिरीले भनिन्: नेकपा सासंदले मलाई घृणाको अभिव्यक्ति दियो, कारबाही गर्नुपर्छ (भिडियाेसहित)"

  • Dipak Sapkota says:

    Karbahi hajur sarita giri laii huna parchha , hindi maan pardaina hamilai sansad bhawan ma boleko , yaad garnus .

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.